प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

शेयर गर्नुहोस्

खोटाङ– प्रधानाध्यापकहरुको नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । साझा समृद्धिका लागि समग्र सामुदायिक विकासका लागि साझेदारी भन्ने नाराका साथ गुणस्तरीय शिक्षा सुधार कार्यक्रम अन्तर्गत चालु आ.व.२०२३/२४ को केपिलासगढी गाउँपालिकाको समन्वय, जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग र सिर्जनशिल भरिया समाजले तालिमको आयोजना गरेको हो । तालिममा पालिका भित्रका १९ ओटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको सिर्जनशिल भरिया समाजको कार्यक्रम अधिकृत सोभित कुलुङराईले जानकारी दिनुभयो ।

सिर्जनशिल भरिया समाजको अध्यक्ष निरञ्जना राईले संंस्थाले केपिलासगढी गाउँपालिकाको २, ३,४ र ५ नम्बर वडाको विद्यालयलाई समेटेर जी फाउण्डेशनको आर्थिक सहयोगमा विशेष गरी गुणस्तरीय शिक्षा अभिवृद्धिका निम्ति प्रधानाध्यापकहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो । तालिममा सिकेका सीप, ज्ञान र शिक्षण विधिलाई विद्यालयमा अबलम्बन गर्न सहभागि प्रधानाध्यापकहरुलाई अनुरोध गर्नुभयो ।

यस्तै, प्रमुख अतिथि तथा केपिलासगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बोम बहादुर परियारले स्थानीय सरकारको क्षेत्राधिकारमा भित्रको काम सहयोगी संघ संस्थाले गरेको प्रति जी फाउण्डेशन र सिर्जनशिल भरिया समाजलाई आभार व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्न कसैको एकल प्रयासले मात्र सम्भव नभएको र यसका लागि राज्य, स्थानीय तह, गैर सरकारी संघ संस्था, वि.व्य.स. प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरु सबैले आ आफ्नो तह र क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ट अथिति तथा जी फाउन्डेशनका वरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले शिक्षामा गुणस्तर कायम गर्न विद्यालयको नेतृत्वहरुमा इच्छाशक्ति हुनुपर्ने रपर्छ जसको नेतृत्व प्रधानाध्यापकहरुले गर्नुपर्छ । परिवर्तनको लागि आइपर्ने विविध चुनौतीहको सामना गर्नलाई तयारी हुन सक्नुपर्छ भनेर भन्नुभयो । यसको साथै समग्रमा शैक्षिक गुणस्तरमा सुधारका लागि जी फाउन्डेशनले गाउँपालिकासँगको समन्वय र सहजीकरणमा तहगत रुपमा शिक्षकहरुको लागि क्षमता विकासका कार्यक्रमहरु, विद्यार्थीहरुका लागि विविध प्रकारका सृजनात्मक क्रियाकलापहरु तथा खानेपानी र शौचालयजस्ता अत्यावश्यक भौतिक संरचनाहरु निर्माणको कामहरु गर्दै आएको भनेर प्रष्ट पार्ने काम बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले प्रष्ट पार्नुभयो ।

तालिमको सहजीकरण जी फाउण्डेशनका वरिष्ठ शिक्षा अधिकृत ललिता तामाङ र केपिलासगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले गर्नु भएको कार्यक्रम अधिकृत सोभित कुलुङ राईले जानकारी दिनुभयो । तालिममा प्रधानाध्यापकहरुको काम, कर्तव्य र अधिकार, नेतृत्व, नेतृत्वको परिचय, प्रधानाध्यापकहरुको बहुपक्षिय भूमिका, सुशासनका पक्षहरु, द्धन्द व्यवस्थापन, समुदाय परिचालन, विद्यालय सुधार योजनाको शत्रमा छलफल भएको र तालिम व्यवस्थापनमा भने सिर्जनशिल भरिया समाजको कोषाध्यक्ष तथा शिक्षा समितिको संयोजक सुब्बा राई र शिक्षा अधिकृत सृजना तामाङले गर्नुभएको राईले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु