युवा संघ सोलुले कोशी प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुमा प्रथम सोलुखुम्बु कोशी प्रदेश स्थरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुले यही फागुन २३ गतेदेखि २६ गतेसम्म सल्लेरीमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आज विहिवार सल्लेरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे प्रष्ट्याएको हो । युवाहरुलाई व्यवसायिक खेल क्षेत्रमा आर्कषित गर्ने र स्थानिय स्तरमा भएका खेल क्षमतालाई बाहिर ल्याउने मुख्य उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष प्रवेश किरातीले बताउनुभयो । एमाले पार्टी कार्यालय सल्लेरीमा भएको पत्रकार सम्मेलनमा युवा संघको झण्डा सहित कोशी प्रदेशको नक्सा रेखाङ्कीत कार्यक्रमको लोगो पनि सार्वजनिक गरिएको छ ।

वेष्टअप फाइभको आधारमा हुने खेलमा प्रथम हुने टिमले नगद रु २ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै द्वितीय, तृतीय र सान्तवना हुने प्रतियोगि टिमलाई क्रमश नगद १ लाख ५० हजार, उक लाख र २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने उत्कृष्ट सटर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र नवउदयमान खेलाडीलाई नगद ३÷३ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु