काँग्रेस सोलुले कृयासिल सदस्यता नविकरण तथा अन्य विषयमा छलफलका लागि डाक्यो बैठक

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुले पार्टीको कृयासिल सदस्यता नविकरण तथा अन्य विषयमा छलफलका लागि बैठक डाकेको छ । यही बैशाख ११ मंगलबारका दिन जिल्ला पार्टी कार्यालय बसन्तबजारमा बैठक बस्ने जिल्ला सह–सचिव उत्रमान राईद्धारा जारी गरिएको पत्रमा उल्लेख छ ।

पार्टीको सदस्यता नविकरण लगाएत महत्वपूर्ण सांगाठानिक सवालहरुमा छलफल तथा निर्णयका लागि बैठक राख्न लागिएको बताइएको छ । बैठकमा सहभागिताका लागि पार्टीका केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, महादिवेशन प्रतिनीधिहरुलाई आवहान गरिएको छ ।

यस्तै, पार्टीका क्षेत्रिय सभापतिहरु, जिल्ला सदस्यहरु र जिल्लाका ८ वटै स्थानिय तह पालिकाका सभापतिहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु