वृद्धभत्ता लिन गएका मगरको बाटैमा मृत्यु

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । सामाजिक सुरुक्षाभत्ता लिएर सल्लेरीबाट घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१०, टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार, सोलुदूधकुण्ड–९, सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु