किरात राई कर्मचारी मञ्चले १४ औं स्थापना दिवस भव्यताका साथ मनायो

शेयर गर्नुहोस्

काठ्माडौँ– किरात राई कर्मचारी मञ्च केन्द्रीय कार्य समितिले आफ्नो १४ औं स्थापना दिवस भव्यताकासाथ मनाएको छ । शनिवार यायोक्खाको सुम्निमा हलमा आयोजना गरिएको कार्यक्रममा संस्थाका संस्थापकहरुलाई सम्मान गरिएको हो ।

मञ्चले दिवसको अवसर पारेर सेवा निवृत्त किरात कर्मचारीलाई सम्मान समेत गरेको छ । यस्तै, हरिलाल स्मृति सम्मानबाट वर्ष उत्कृष्ट दुई जना किरात कर्मचारीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पाँचथरको जिल्ला मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत राजकुमारी राई र नेपाल टेलिकम संखुवासभामा अधिकृत सातौं तहमा कार्यरत प्रेम कुमार राई रहेका छन् । सम्मानित हुनेहरुलाई सम्मान पत्रको साथमा नगद १५ हजार सहित सम्मान गरिएको किरात कर्मचारी मञ्चका केन्द्रीय सचिव योग्य प्रसाद राईले जानकारी दिनुभयो ।

साथै सोही अवसरमा सर्वाजनिक सेवामा प्रवेश भएका नवप्रवेशीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रमको समुउद्घाटन प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापाले दिप प्रज्वलन गरि गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापाले राज्यको निति निर्माण गर्ने तहमा पछिल्लो समयमा जनजाति कर्मचारी पनि पुगेकोमा खुसी व्यक्त गर्नुभयो । पछिल्लो समयमा युवा पुस्तामा सार्वनिक सेवाप्रति वितृष्णा बढ्दै गएको र विदेशीनेको लर्को देखिएको र यसलाई रोक्न सबै लाग्नु पर्ने बताउनुभयो । यस्तै, कार्यक्रमका विशेष अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा लोक सेवा आयोगका सदस्य वीर बहादुर राईले मञ्चको कार्यको प्रसंसा गर्दै सरकारी सेवामा लाग्न केन्द्रमा मात्र केन्द्रीत नभई स्थानिय स्तरमा किरात जनजाति युवाहरुलाई यसकोबारेमा जानकारी दिन सक्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्ने अतिथिहरुले निजामति क्षेत्रमा जनजाती समुदायले पछिल्लो समयमा राम्रो गर्दै गएको र यसलाई अझ प्रभावकारी बनाउदै लैजानुपर्ने बताएका थिए ।मञ्चका अध्यक्ष खिल राज राईको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी सेवामा विभिन्न पदमा कार्यरत व्यक्तित्वहरु साथै विभिन्न जातिय संघसंस्थामा प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । मञ्चले किरात राई समुदायमा सरकारी सेवामा प्रवेश गर्नु प्रेरित गर्दै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु