माध्यमिक विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगितको उपाधि शुक्रजित मा.वि.लाई

शेयर गर्नुहोस्

खोटाङ– माध्यमिक विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि शुक्रजित मा.वि.ले जित्न सफल भएको छ ।

जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग, केपिलासगढी गाउँपालिकाको समन्वय तथा सिर्जनशिल भरिया समाज खोटाङको आयोजनामा भएको उक्त प्रतियोगितामा जालपा माध्यमिक विद्यालय केपिलासगढी ४ पिपलडाँडालाई पछिपार्दै उपाधी हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा द्धितिय जालपा मा.वि. र तृतिय स्थान राष्ट्रिय माध्यमिक विद्यालय केपिलासगढी ३ बास्पानीले ओगट्न सफल भएको सिर्जनशिल भरिया समाजको अध्यक्ष निरञ्जना राईले जानकारी दिनुभयो । वैशाख १९ देखि २० गते सम्म संचालन भएको उक्त प्रतियोगितामा केपिलासगढी भित्रको कुहू डाँडा माध्यमिक विद्यालय वडा १ फेदी, पृथ्वी मा।वि। वडा नं. ४ बाक्सिला, थर्पुडाँँडा मा.वि.वडा नम्बर ५ सप्तेश्वर, सूर्य मा.वि.दिप्सुङ सहित ७ ओटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी शुक्रजित मा.वि. कि दिपिशा राई, उत्कृष्ट डिफेन्सिभ राष्ट्रिय मा.वि. कि दिर्पना राई, उत्कृष्ट लिफ्टर जालपा मा.वि.कि भावना अधिकारी, उत्कृष्ट ब्लकर शुक्रजित मा.वि.कि आइसा राई उत्कृष्ट स्पाइकर जालपा मा.वि.कि अस्मिता खत्री हुन सफल भएको सिजर्नशिल भरिया समाजको अध्यक्ष राईले जानकारी दिनुभयो ।

कार्यक्रमका क्रममा केपिलासगढी गाउँपालिकाको अध्यक्ष समिर राईले जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाजको यस पालिकाको शैक्षिक, कृषि, विद्यालयको भौतिक संरचना तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । स्थानीय सरकारको जिम्मेवारी भित्र रहेका यस्ता विकासका क्रियाकलापहरुमा थप सकारात्मक परिर्वतन गराउन उल्लेखनीय भूमिका निभाउन सफल भएकोमा आभार व्यक्त गर्नुभयो । साथै खेलकुदको क्षेत्रमा प्रायः जसो प्रतिस्पर्धा पुरुष खेलाडीबीच मा हुने गर्दथ्यो भने अहिले महिलाहरुबीचको प्रतिस्पर्धा र उनीहरुको प्रस्तुतिले महिलाहरु पनि पुरुष भन्दा कम छैन रहेछ भन्ने उदाहरण प्रष्ट भएको उहाँले बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष खड्ग बहादुर तामाङले पालिकाले खेलकुदको क्षेत्रमा बजेट विनियोजन गरेको भएता पनि महिलाहरुलाई कमै प्राथमिकता दिने गरेको तर संस्थाले विशुद्ध रुपमा महिलाहरुलाई प्राथमिकता दिई खेलकुदको क्षेत्रमा महिलाहरुको पनि नेतृत्व क्षमताको विकास गराउन सघाउ पुगेकोमा आभार व्यक्त गर्नु भयो ।

२ दिन अवधिभर भएको उक्त प्रतियोगितामा प्रादेशिक प्रमुख धनकुमार राई र प्रवीन राईले रेफ्रिको भूमिका निर्वाह गरी सौहादपूर्वक खेल सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु