शिक्षक महासंघ सोलुको अध्यक्षमा थापा सर्वसम्मत

शेयर गर्नुहोस्

सोलुखुम्बु – शिक्षक महासंघ सोलुखुम्बुको अध्यक्षमा जनक कुमार थापा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सल्लेरी सम्पन्न दोस्रो जिल्ला अदिवेशनबाट थापाको नृत्यृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।

सोलुखुम्बुका लागी केन्द्रिय प्रतिनिधि शिवहरी ढकालको उपस्थितिमा भएको जिल्ला अधिवेशनमा नेपाल शिक्षक महासङ्घको विधान बमोजिम पदसोपान प्रणाली अन्तर्गत समिति गठन गरेको हो । महासघंको नयाँ कार्यसमितिको सह अध्यक्षमा बाबुराम बस्नेत चयन गरेको छ ।

यस्तै महासङ्घको महिला उपाध्यक्षमा मेनुका शर्मा र सचिवमा सम्बर बहादुर कटवाल, धनरूपा राई, र रोहित बास्तोलालाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरूमा सीता देवी कार्की, गीता राई, गोविन्द कुलुङ, दिल बहादुर विश्वकर्मा, जङ्ग बहादुर राई, सुशीला गोतामे, चक्र बहादुर थापा र चेत बहादुर मगर रहेका छन् ।

त्यस्तै, अधिवेशनले आजै प्रदेश र संघीय अधिवेशन प्रतिनिधि पनि छनौट गरेको छ । आगामी बैशाख १०, ११ र १२ गते काठमाण्डौमा हुने संघीय महाधिवेशनका लागी केन्द्रिय महाअधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि पनि छनौट गरेको छ ।

महासङ्घको केन्द्रिय प्रतिनिधिमा सोलुखुम्बुबाट महाप्रसाद फुयल, भलाकाजी मगर, वेद नाथ बास्तोला, रमा कटेल, यशोदा बास्तोला, टेक बहादुर राई, आसवीर राई, धनकुमारी बस्नेत र होमकुमारी खतिवडालाई पठाउने भएको छ । यता, प्रदेश अधिवेशनका लागि सोलुखुम्बुबाट मिथुन बस्नेत, भीम कुलुङ , लिला देवी गुरुङ, गीता कार्की, सकुन्तला कुमारी कटुवाल, भेष कुमार राई, ललित राई, सन्तोष बस्नेत, कमल प्रसाद कटेल, गोविन्द बहादुर बस्नेतको नाम सिफारिस गरिएकोे नेपाल शिक्षक संघका सचिव प्रकाश राईले जानकारी दिनुभयो ।

अधिवेशनमा नेपाल शिक्षक संघ सहित अन्य ४ वटा सङ्गठनहरूले भाग लिएका थिए भने नेपाल शिक्षक सङ्गठनले प्रदेश स्तरीय बैठकबाटै पदसोपान प्रणाली प्रति असन्तुष्टि जनाउदै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु