बालक्लवको आयोजनामा केपिलासगढीमा विद्यालय भर्ना अभियान सञ्चालन

शेयर गर्नुहोस्


खोटाङ– “सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता” भन्ने आदर्श वाक्यका साथ बालक्लवको आयोजनामा खोटाङको केपिलासगढी गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरुभएको छ ।

जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग, सिर्जनशिल भरिया समाजको समन्वयमा संंस्थाको कार्यक्षेत्रभित्रका छनौटमा परेका ६ वटा विद्यालयमा विद्यार्थी भर्ना अभियान थालिएको सिर्जनशील भरिया समाजका अध्यक्ष निरञ्जना राईले जानकारी दिनुभयो ।

संस्थाको कार्यक्षेत्र अन्तर्गत रहेको केपिलासगढीको वडा नम्बर १ को तोमाने आधारभूत विद्यालयको लालिगुँरास बालक्लव, वडा नम्बर २ शुक्रजित माध्यमिक विद्यालयको नवकोशिष बालक्लव, ३ नम्बर वडाको चन्द्रोदय आधारभूत विद्यालयको सयपत्री बालक्लव, र सोही वडाको मनकामना आधारभूत विद्यालयको नवज्योती बालक्लव, वडा नम्बर ४ मा रहेको जालपा माध्यमिक विद्यालयको इन्द्रेणी बालक्वल र थर्पुडाँडा माध्यमिक विद्यालयको सप्तेश्वर बालएकता बालक्लवको अगुवाईमा विद्यालय भर्ना अभियान सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

इन्द्रणी बालक्लवको अध्यक्ष गीता श्रेष्ठले “यस अघि भर्ना अभियानमा शिक्षकहरु मात्र जानु भएको र हामीलाई खासै जानकारी नहुने र वास्ता गर्नेनगरेको बताउनुभयो । तर यस पटक भने आफुहरुकै नेतृत्वमा सञ्चालन भइरहँदा जनप्रतिनीधि, शिक्षक र संस्थाको धेरै साथ, सहयोग पाएको श्रेष्ठको भनाई छ । टोल वस्तीमा कोही वालबालिका विद्यालयको शिक्षाबाट वञ्चित नगराउनका निम्ति हाम्रो पनि भूमिका रहेछ भन्ने सिकाई प्राप्त भएको श्रेष्ठले बताए ।” त्यसैगरी वडा नम्बर ५ को वडा अध्यक्ष हिमाल भक्त राईले फरक ढंगबाट अभियान सञ्चालन भइरहँदा निकै खुसी लागेको र यसले हरेक समुदाय र बस्तीका अभिभावकहरुको पनि ध्यानाकर्षण भएको बताउनुभयो ।

त्यसैगरी मनकामना आधारभूत विद्यालयका प्रधानाध्यापक उदिम राईले यस अभियानले बालबालिकामा नेतृत्व क्षमताको विकास हुनुका साथै अभियानले अविभावक तथा विद्यार्थीमा सकरात्मक उर्जा मिलेको बताउनुभयो ।

थर्पुडाँडा माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष आशमणी राईले बालक्लवको नेतृत्वमा अभिभावकको घरदैलोमा पुग्न पाउँदा खुसी लागेको र निरन्तर विद्यालय नपठाउने अभिभावकले अबको शैक्षिक शत्रमा बालबालिकालाई निरन्तर विद्यालय पठाउने भनि गरिएको प्रतिबद्धताले कार्यक्रमको उदेश्य प्राप्त भएको महसुस भएको बताउनुभयो ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धि मौलिक हक कार्यन्वयनको सुनिश्चितता गर्न गाउँपालिकासँगको सहकार्यमा विद्यालय भर्ना अभियान सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले मिति २०८० चैत्र १८ गतेको सूचना बमोजिम शैक्षिक शत्र २०८१ का लागि यस अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष राईले बताउनुभयो ।

यस अभियानलाई सफल बनाउनका निम्ति केपिलासगढी गाउँपालिको उपाध्यक्ष गुरुराज राई, वडा नम्बर ५ को वडा अध्यक्ष हिमाल भक्त राई, वि.व्य.स. अध्यक्ष, शि.अ.स. अध्यक्ष, लगायतका पदाधिकारीहरु, प्रधानाध्यापक, बाल संरक्षक शिक्षक, शिक्षक तथा विद्यार्थीहरु गरी जम्मा ३५० जनाको सहभागिता रहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु