केन्द्रीय छनौटका लागि सोलुखुम्बुका ५ जना यु–१३ खेलाडी छानिय

शेयर गर्नुहोस्

सोलुखुम्बु– कोशी प्रदेशबाट केन्द्रीय छनौटका लागि सोलुखुम्बुका ५ जना यु–१३ खेलाडीमा छानिएका छन् ।

छनौटमा पर्नेहरुमा छात्रतर्फ प्रज्वल भुजेल र मनजित श्रेष्ठ रहेका छन् । यस्तै छात्रा तर्फ विनिता सुनुवार, रायल राई र करिना बराईली छानिएका हुन् ।

आईतबार कोशी प्रदेश फुटबल संघले छनौटमा परेकाहरुको नाम सार्वनिक गरेको सोलुदुधकुण्ड युथ क्लवका अध्यक्ष तथा फुटबल प्रशिक्षक छितिज मोक्तानले जानकारी दिनुभयो । कोशीबाट केन्द्रीयका लागि छात्रा तर्फ २२ जना र छात्रमा २ सय २ जनाको नाम सिफारिस गरेको छ ।

धरानमा गत चैत्र २९ र ३० गते गरेको छनौैटमा १४ वटा जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । केन्द्रीय छनौट यही बैशाख ५ गतेबाट सुरु हुने जनाईएको छ ।

नामावलीः


शेयर गर्नुहोस्

अन्य खबरहरु