एमाले सोलुको अध्यक्षमा डुफ दोस्रो कार्यकालको लागि निर्वाचित

शेयर गर्नुहोस्

सोलुखुम्बु – नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा पुनः डुफ कुमार बास्तोला दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । शनिबार सम्पन्न ८ औं जिल्ला अधिवेसनबाट बास्तोला भारी मतका साथ अध्यक्षमा दोहोरिनुभएको हो ।

बास्तोलाले निकटतम प्रतिस्पर्धी हर्कबहादुर राईलाई पराजित गर्नुभएको हो । उहाँले २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राईले १२५ मत प्राप्त गर्नभएको थियो । यस्तै उपाध्यक्षमा आश कुमार राई (शिशिर) २७७ मतसहित निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभएको छ ।सचिवमा कल्पना राई २५९ मतसहित विजयी हुँदा प्रतिस्पर्धीहरु जगन्नाथ बास्तोलाले ४४ र दिपक राजभण्डारीले ८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै उपसचिवमा मिङ्मा छिरी शेर्पा १५९ र मोहन कुमारी कार्की १७० मतसहित विजयी हुनुभएको छ ।

निर्वाचनमा ४२० जनाले मतदान गरेका थिए । गत शुक्रवारबाट सुरु भएको अधिवेशनमा सहमति नजुटेपछि हिजो शनिवार निर्वाचन भएको थियोे ।


शेयर गर्नुहोस्

अन्य खबरहरु