महाकुलुङमा अन्तर माबि स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको महाकुलुङ गाउँपालिकामा अन्तर माद्यमिक विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रम वडा नम्बर ३ मा रहेको छेस्काम माद्यामिक बिद्यालयको प्राङ्गणमा भएको प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ राईले उद्घाटन गर्नुभएको थियो ।

२ दिनसम्म चल्ने राष्ट्रपति रनिङ्ग शिल्डमा महिला तथा पुरुष भलिबल , दौड , एथलेटिक्स , कवड्डी हाइजम्प र लङजम्प जस्ता खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष राईले कार्यक्रम लाई सम्बोधन गर्दै खेलकुदले खेलाडीहरु लाई स्वस्थ र अनुशासित बन्न प्रेरणा दिनुका साथै खेलकुद मार्फत पनि आफ्नो गाउँ समाज र राष्ट्रको बिकासमा अतुलनीय योगदान दिन सकिने भएकोले खेलाडीहरु लाई अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न अनुरोध गर्नभयो ।

पालिकाको पहिचानलाई राष्ट्रि र विश्व सामुचिनाउन खेल र खेलाडीको अहम भुमिका रहने बताउदै खेलकुदका लागि पालिका सधैं सकारात्मक रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

महाकुलुङ गाउँपालिकामा जम्मा ३ वटा माद्यामिक विद्यालयहरु रहेका छन् । प्रतियोगिताबाट पालिका स्तरिय खेलाडी छनोट गरि जिल्लामा हुने प्रतियोगिता सहभागिता गराइने छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखाका कर्मचारी , विभिन्न माबिका प्रअहरु सहित विभिन्न खेलमा सहभागी महिला तथा पुरुष खेलाडीहरुको उपस्तिथि रहेको थियो । गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ विरामी भई काठ्माडौंमा उपचारत हुनुहुन्छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु