बृद्धबृद्धा र अपाङ्गता भएकालाई न्यानो ज्याकेट

शेयर गर्नुहोस्


सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाले बृद्धबृद्धा र अपाङ्गता भएकालाई न्यानो ज्याकेट वितरण गरेको छ । जाडो मौसमलाई मध्यनजर गर्दै शारिरिक रुपमा असक्त भएकाहरुलाई वडा भित्रका १५ जनालाई आज शनिबार डाउन ज्याकेट वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष सविता राईको विशेष उपस्थितीमा ज्याटेक घरघरमै पूगेर वितरण गरिएको वडा अध्यक्ष राजेश बाबु किरातीले जानकारी दिनुभयो ।

अति असक्त बृद्धबृद्धा र अपाङ्गताभएका व्यक्तिलाई चिसोबाट बच्न समस्या हुने र पालिका सरकार नागरिकको साथमा रहेको प्रत्याभूत होस भन्ने ध्ययले विरतण गरिएको वडा अध्यक्ष किरातीले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु