क्षेस्काम मा.वि.लाई २० थाम कम्प्युटर सेट प्राप्त

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको छेस्काम माद्यामिक विद्यालयलाई २० थान कम्प्युटर सेट प्राप्त भएको छ ।

स्विस् होप शेर्पा स्वीजरल्याण्ड र हिमालयन ड्रिमस् फाउण्डेसनले विद्यालयलाई डेस्कटप कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक गुरु प्रसाद राईले बताउनुभयो ।

विद्यार्थीहरुको शिक्षण शिकाईलाई अझ प्रभावकारी बनाउन साथै विद्यार्थीलाई प्रविधिमैत्री बनाउने उदेश्यले सो सामाग्री उपलब्ध गराएको हिमालयन ड्रिमस् फाउण्डेसनका अध्यक्ष तथा समाज सेवी पासाङ रिन्जी शेर्पाले बतानुभयो ।

सो कम्प्युटर अध्यक्ष शेर्पाले प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समिति अध्यक्ष किशोर कुलुङलाई उपलब्ध गराउनुभएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु