‘तीजका नाममा लाखौं खर्च गरिएको भन्ने समाचारको सोलु दुधकुण्डले ग¥यो खण्डन, समाचारमा सत्यता छैन

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाका केही संचार माध्यममा केही दिनदेखि तीज बिशेष कार्यक्रमलाई अतिरञ्जित तवरले समाचार प्रबाह भइ रहेको प्रति सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

तीजको दरका नाममा भोज भतेर आयोजना गरि लाखौँ रुपैयाँ खर्च गरिएको भनि समाचारमा प्रकासन तथा प्रसारण भएकोमा कुनै सत्यता नरहेको भन्दै नगरपालिकाले विज्ञप्ती जारी गरेका छ ।

नगरपालिको प्रमुख प्रशासकिय अधिकृत कोपिला थुलुङ राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिका सँधै पारदर्शीता र जवाफदेहितामा प्रतिवद्ध रहेको बताईएको छ । जारी बिज्ञप्तिमा तीजका अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताका बिजयीलाई पुरस्कार,शुभकामना आदानप्रदान तथा जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीहरुका लागि टेलिभिजन सेट खरिद गरी वितरण गर्दा कुल एक लाख २ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘नगरपाकिलाले कला, धर्म, संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोमा ४ जना विजेताहरुलाई पुरस्कार प्रदान गरिएको र कार्यक्रममा सहभागीहरुलाई चिया नास्तामा ६२ हजार, महिला कैदी बन्दीहरुका लागि ४० हजार रुपैयाँ बराबरको टेलिभिजन हस्तान्तरण गरि एक मुष्ट एक लाख २ हजार रुपैयाँ खर्च भएको जनाईएको छ ।’

प्रकासित विज्ञप्ती ।


शेयर गर्नुहोस्

अन्य खबरहरु