नेले युथ क्लवले खुल्ला फुट्बल प्रतियोगिता गर्दै

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेले युथ क्लवले खुल्ला पुरुष फुट्बल प्रतियोगिता गर्ने भएको छ । जिल्लाको थुलुङ दुधकोशी १ नेलेमा रहेको नेले युथ क्लवले विजया दशमी, दिपावली तथा छठ् पर्वको अवसरमा प्रतियोगिता गर्नु लागेको क्लवका अध्यक्ष साजन घले गुरुङले बताउनुभयो ।
अध्यक्ष घलेका अनुसार खेल आगामी कार्तिक १४ गतेबाट १६ गते सम्म खेलाईने भएको हो । खेलमा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै, तृतिय स्थान ओगट्ने टिमले भने टफि,मेडल, प्रमाण पत्रसँगै दर्ता गर्दा लाग्ने शुल्क फिर्ता पाउने छन् ।

खेलमा उत्कृष्ट गोलरक्षक, सर्वोउत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्ट्राइकरलाई ट्रफि,मेडलको साथमा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै, टिम दर्ता शुल्क प्रतिटिम ५ हजार लाग्ने आयोजकले जनाएको छ ।

समाज रुपान्तरण र युवा एकता गर्ने द्येयले स्थापना गरिएको क्लवले नेले बजार क्षेत्र सरसफाई तथा विभिन्न चेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु