बरिष्ट गायक आनन्द कार्कीद्धारा सोलु तिङ्लाका १४६ विद्यार्थीलाई झोला उपहार

शेयर गर्नुहोस्

सोलुखुम्बु– बरिष्ट गायक आनन्द कार्कीले सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्लामा अवस्थित सिँहकाली आधारभूत विद्यालयका १४६ विद्यार्थीलाई झोला उपहार दिनुभएको छ । विहिबार एक कार्यक्रमका बीच उहाँले आफ्नो शैक्षिक जिवनको पहिलो पाठशाला भएको र विद्यालयको सम्झनामा विद्यार्थीहरुलाई झोला वितण गर्नुभएको हो ।

हजारौँ चर्चित गीत गाईसक्नु भएका कार्कीको जन्म सोलुखुम्बुको तिङ्लामा भएको हो । उहाँले यस विद्यालयबाट कक्षा ३ सम्म अध्ययन गरि भारतको विभिन्न विद्यायलमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस भन्ने हेतुले उहाँले स्कुल झोला वितरण गनुभएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मौजन थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफ्नो जिवन अनुभवसँगै गीत गाएर विद्यार्थी, अविभावक तथा उपस्थित सबैलाई मनोरञ्जन दिनुभएको थियो । यस्तै, प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धी माया तामाङले सहयोग प्रति धन्यवाद व्यक्त गर्दै, समृद्ध नगरपालिका बनाउन सबैको साथ सहयोगले मात्र सम्भवहुने बताउनुभयो ।

त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कोपिला थुलुङ राईले, आफ्नो बाल्यकालमा कार्कीको गीत विभिन्न संचारमाध्यममा सन्दै गाउँदै आएको स्मरण गर्दै, समाज तथा राष्ट्रको विकासमा कालाकारको मुख्य भुमिका रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला, बुद्धिजिवी, अविभावक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु