शारिरिकरुपमा अशक्तहरुलाई ह्वील चियर वितरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिकाले शारिरिकरुपमा अशक्त(अपाङ्गता) भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ । सोमबार वडा नं. ८ को प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा वडाका १८ जनालाई अवस्थाहेरी ह्वील चियर, कमोट ह्वील चियर, बैशाखी र लठ्ठी गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईले वितरण गर्नुभएको हो ।

जिवन यापनमा सहज होस भन्ने ध्येयका साथ गाउँपालिकाले सो सामाग्री वितरण गरेको उपाध्यक्ष राईले बताउनुभयो । वडा अध्यक्ष राजेश किरातीका अनुसार वडा ८ मा ७ जनालाई ह्वील चियर, ५ जनालाई कमोट ह्वील चियर वितरण गरिएको हो । यस्तै, लठ्ठी ५ जना र बैशाखी १ जनालाई वितरण गरिएको छ । सामाग्री प्राप्त गरेपछि उनीहरुले खुसि व्यक्त गरेको छन् ।

गाउँपालिकाले पालिका भित्रका ७३ जनालाई ह्वील चियर, ३२ जनालाई बैशाखी, ९५ लाई लठ्ठी र कमोट ह्वील चियर ९ जनालाई वितरण गर्ने तयारी गरेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु