काँग्रेस नेता थापाद्धारा जन्मउत्सवको अवसरपारी विद्यालयमा अक्षयकोष स्थापना

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुका युवा नेता तथा महादिेवेशन प्रतिनीधि नविन थापाले आफ्नो जन्मउत्सवको अवसरमा अक्षयकोषको स्थापना गर्नुभएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका २ काँगेल निवासी नेता थापाले शुक्रबार पर्नगएको जन्मदिनको उपलक्षमा आफ्नो स्वर्गिय हजुरबुबा बम बहादुर थापा र हजुरआमा बेदमाया थापाको नाममा जिवन ज्याति माद्यामिक विद्यालय काँगेलमा एक लाख एक हजार एक सय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरि कोष स्थापना गरिएको थापाले बताउनुभयो । उहाँले आजै एक कार्यक्रमकाबीच सो रकम विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतलाई हस्तान्तरण गर्नुभयो । थापाले स्वर्गबास भईसक्नुभएका आफ्ना हजुरबुबा र हजुरआमाको सम्झनामा आफ्नो जन्मदिनपारी कोषको स्थापना गर्नुभएको बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु