अनेरास्ववियु सोलुको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जीलाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बुको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जी शेर्पालाई दिइएको छ ।

आसन्न स्वबियु निर्बाचनलाई मध्यनजर गर्दै संगठनलाई मुज्बुत बनाउन जिम्मेवारी दिइएको हो । संगठनका अध्यक्ष गौरब राईले ब्यक्तिगत कार्यव्यस्तताका कारण मंगलबार शेर्पालाई सो जिम्मेवारी हस्तान्तरण गरेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।
अघिल्लो वर्ष पौषमा सम्पन्न जिल्ला अधिबेशनले राईलाई अध्यक्ष र शेर्पालाई सचिबमा निर्बाचित गरेको थियो।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाए पछि शेर्पाले जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वबियू निर्बाचनको तयारीलाई तीब्र पार्ने र त्यसपछि संगठन सुदृढीकरणका लागि नयाँ कार्ययोजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु