नेचासल्यानको हिमाल दर्शन क्याम्पसमा दुईदिनदेखी ताला

शेयर गर्नुहोस्

सोलुखुम्बु – स्वबियु निर्बाचनको विषयलाई लिएर नेचासल्यानस्थित हिमाल दर्शन क्याम्पसमा बुधबारदेखि अनिश्चितकालका तालाबन्दी गरिएको छ ।

स्वबियु निर्पाचन निर्देशिका,कार्यबिधि र विभिन्न विद्यार्थी संघ सगठनहरुसंग भएको सहमति बिपरित विद्यार्थी भर्ना र एकलौटी रूपमा कार्यतालिका सार्बजनिक गरिएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले क्याम्पसको प्रशासन बिभाग र निर्बाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन ।

निर्बाचनलाई निष्पक्ष, भयरहित र मर्यादित ढंगबाट सम्पन्न गर्न आफुहरुले गरेको आग्रहलाई बेवास्ता गर्दै क्याम्पस प्रशासन र निर्बाचन समिति नेबिसंघसंगको सांठगाँठमा एकलौटी अघि बढेको आरोप उनीहरूले लगाएका छन् ।

हिमाल दर्शन क्याम्पस अनेरास्ववियुका अध्यक्ष लिला कटेल र क्रान्तिकारीका अध्यक्ष प्रबिण राईले बुधबार नै संयुक्त बिज्ञप्ति जारीगर्दै एकलौटी रूपमा गरिएका विद्यार्थी भर्ना रद्द र सबै विद्यार्थी संगठनको सहमतिमा साझा निर्बाचन कार्यतालिका सार्बजनिक गर्न प्रशासन र निर्बाचन समितिलाई आग्रह गरेका छन् ।

यता, क्याम्पस सञ्चालक समितिले सो क्याम्पसमा चैत ६ गते निर्बाचन गर्ने निर्णय गरेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु