सोताङमा भारतिय नागरिक मृत भेटिए

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको सोताङ गाउँपालिका ३ सोहरामा एक युवक मृत भटिएका छन् । नाम थर वतन प्रष्ट नखुलेको भारतको दार्जलिङ घर भएको अन्दाजी वर्ष ३५ का सुमेन्द्र राई भनेर चिनिनेको शव गत आईतबार फेला परेको प्रहरीले जनाएको छ ।

श्वको मुखबाट रगत बगेको अवस्थामा गत आईतबार भेटिएको जिल्ला प्रहरी कार्यालयले सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार मृतको साथमा भेटिएको खोप कार्डमा निजको ठेगाना भारतको दार्जलिङ कुर्सुङ १५ घर नं.२५ भएको खुलेको खुलेको छ ।

यद्यपी सो ठेगानामा सुमेन्द्र राई नाम गरेका व्यक्ति नभएको भारतिय प्रहरीले बताएको छ । शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

मृतकको हालसम्म सनाखत हुन नसकेकाले आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरि जानकारी गराई दिन हुन प्रहरीले अनुरोध समेत गरेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु