प्रिती राई जेठ १२ मा सोलु आउँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाली राष्ट्रिय महिला फुटबल टिमका सदस्य प्रिती कुलुङ राई सोलुखुम्बु आउने भएका छन् । सोलुदुधकुण्ड युथ् क्लव सल्लेरीको निमन्त्रणामा यही जेठ १२ गते सोलु आउने भएका हुन् ।

युथ् क्लवले सल्लेरीमा विगत लामो समय देखि फुटबल प्रशिक्षण गराईरहेको र प्रशिक्षार्थीहरुलाई फुटबल खेलमा लाग्नका लागि प्रेरणा मिलोस भन्ने उदेश्यले राईलाई ल्याउन लागिएको क्लवका अध्यक्ष तथा प्रशिक्षक क्षितिज मोक्तानले बताउनुभयो । अक्ष्यक्ष मोक्तानका अनुसार प्रिती पनि सोलुखुम्बु जिल्लाकै चेली भएको र अन्तराष्ट्रिय खेल खेलिसकेकाले उनको अनुभव र फुटबल खेलको विषय अन्तरकृया गराईने बताउनुभयो ।

राईलाई जिल्ला भित्राउनु पाउनु एउटा सुवर्ण अवसर भएको र उनी जिल्लाको मात्र नभई राष्ट्रकै गहना भएको मोक्तान बताउछन् । राई पछिल्लो समय फुटबल क्षेत्रमा लाग्नु चाहनेहरुका लागि प्ररणाको भएको बताउँछन् । राईले नेपालका लागि अहिले सम्म विभिन्न निर्णायक गोल गरेर नेपाली माझ चिरपरिचित रहेका छन् ।

प्रिती सोलुखुम्बुको महाकुलुङ गाउँपालिका निवासी हुन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु