महाकुलुङका शेर्पाको हिमाल आरोहन गरि फर्किने क्रममा निधन

शेयर गर्नुहोस्

सोलुखुम्बु– महाकुलुङका एक पर्वतारोही शेर्पाको मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो हिमालको सफल आरोहन गरि फर्किने क्रममा उनको ज्यान गएको हो । मृत्युहुनेमा महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पा रहेकोे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

फर्कने क्रममा उनि मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका थिए । हराएका शेर्पा मृत अवस्थामा शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । घटनास्थलबाट शेर्पाको शव मुचुल्का पश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ ।

घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि आजै सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु