माप्य महभीरमा रक क्लाम्बिङ प्रतियोगिता हुने

शेयर गर्नुहोस्

सोलुखुम्बु– माप्यदुधकोशीमा नेपालकै पहिलो अन्तराष्ट्रिय लेभलको रक क्लाम्विङ प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको महभीरमा आगामी असार ३ र ४ गते माप्य महभीर खुल्ला रक क्लाम्विङ प्रतियोगिता २०८१ हुन लागेको हो ।

प्रतियोगिताका लागि माप्य दुधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।काठ्माडौमा एक कार्यक्रममा बीच बुधबार प्रतियोगिता संचालनका लागि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र नेपाल आरोहण खेल संघको तर्फबाट अध्यक्ष हरि प्रसाद धरेलले संयुक्त हस्ताक्षर गर्नुभएको हो ।साहसिक खेल रक क्लाम्विङद्धारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने मुख्य उदेश्यका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभएको छ ।

प्रतियोगितामा अन्तराष्ट्रिय क्लाईमरहरुको समेत उपस्थिती रहने बताईएको छ ।माप्य दुधकोशी गाउँपालिका भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि पालिका भित्र पर्यटकीय, व्यवसाहि, सांस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावनाहरु रहेकाले यसको पहिचानको गरि थप विकास र प्रबर्धनका लागि रक क्लाम्विङ प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष राईको भनाई छ ।

प्रतियोगिताले गाउँपालिकाको मात्र नभई सिंगो जिल्लाकै पर्यटन प्रबर्धनमा टेवा पुग्ने उनको विश्वास छ ।सोही अवसरमा बोल्दै नेपाल आरोहण खेल संघका अध्यक्ष हरि प्रसाद धरेलले खेल र पर्यटनलाई संगसंगै अघि बढाउने माप्य दुधकोशीको महान योजना संचालन गरेकोमा आफुहरु पनि जोडिन पाउदा खुसी लागेको बताएका छन् । प्रतियोगिताका लागि सम्झौता भए पनि विजेताका लागि पुरस्कार भने घोषणा गर्न बाकि रहेको छ ।

सम्झौता पत्रः


शेयर गर्नुहोस्

अन्य खबरहरु