रास्वपा सोलुको संयोजकमा नारायन काजी कार्की चयन

शेयर गर्नुहोस्

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको संयोजनकमा नारायन काजी कार्की चयन भएका छन् ।

बुधबार सल्लेरीमा आयोजित पहिलो जिल्ला भेलाबाट कार्कीको नेतृत्वमा २ सदस्यीय समिति गठन गरिएको हो । राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य तथा सांसद असोक कुमार चौधरीको उपस्थितीमा बसेको भेलाले मिङमा दोर्जी शेर्पालाई जिल्ला सह संयोजकको जिम्मेवारी दिईएको हो । यस्तै भेलाले रिसिधन राईको सभापतित्वमा ५ सदस्यीय क्षेत्रिय कार्य समिति समेत गठन गरेको संयोजक कार्कीले बताउनुभयो ।

कोशि प्रदेश सभापति राजेश बिक्रम तिमल्सीनाको सभापतित्वमा बसेको भेलाले पार्टीको विभिन्न विभागीय समितिहरु गठन गर्नुका साथै सोलुदुधकुण्ड नगरपालिका ५ तीनकुनेमा पार्टीको कार्यालय समेत स्थापना गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु