सिन्धुली दुरघट्नामा मृत्यु हुने दुवैको सनाखत

शेयर गर्नुहोस्

सिन्धुली– सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा सोमबार भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा–२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधनको बोहोरेटारमा लर्को लागेको छ ।

बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रनाउ चिरन्जीवी दाहालले जानकारी दिए । घटनास्थल पुगेका सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले स्थितीलाई नियन्त्रणमा लिएर सडक अवरोध खुलाउने प्रयास भइरहेको जनाएका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु