गाउँपालिकाको लोगो अंकित कापी विद्याथीलाई वितरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले पालिकाको लोगो अंकित कापी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई वितरण गरेको छ ।।

बिहिवार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बालबालिकालाई कापी हस्तान्तरण गर्नुभएको हो । सिसुकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहलाई निशुल्क कापी वितरण गर्ने गाउँपालिकाको योजना अनुरुप बालबालिकालाई प्रदान गरिएको हो ।
वितरण गरिएको कापीको आवरणमा गाउँपालिकाको लागोका साथै पालिकाभित्रका पर्यटकीय गन्तव्य स्थान, र साँस्कृतिक तथा पुरातात्त्विक स्थलहरुको तस्विर राखिएको छ ।

माप्यदुधकोशी गाउँपालिकामा ३९ वटा विद्यालय रहेका छन् । पालिकाभित्रका कोही पनि बालवालिकाहरु आर्थिक अभावका कारण शिक्षा लिनबाट बन्चित नहुन भन्ने मुख्यद्ययले यो कार्य थालनि गरिएको पालिका अध्यक्ष बुद्धि किरण राईले बताउनुभयो । पालिकाको सरवाङ्गीन विकासको लागि शिक्षा मेरुदण्ड भएकाले आफुले शिक्षामा विशेष पहलकदमी गरिरहेको पनि बताउनुभयो । शिक्षण शिकाईलाई डिजिटलाईज गरि अझ प्रभावकारी बनाउदै लाने र यस कार्यमा सम्पूर्णसँग सहयोगको याचना पनि गर्नुभयो ।

यस्तै, गाउँपालिका उपाध्यक्ष गौरब राईले बालबालिकाहरु विद्यालय बाहिर कोही पनि नरहुन् भनेर यो कार्यको थालनी गाउँपालिकाले गरेको बताउनुभयो । कापी वितरणले विद्यार्थीहरु विद्यालय आउन आकर्षित हुने पनि बताउनु भयो । कापी वितरण कार्य गाउँपालिकाले निरन्तर गर्ने र आगामी दिनमा अन्य माथिल्लो तहका विद्यार्थीलाई पनि वितरण गर्ने बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु