सोलुखुम्बुमा धान उत्पादन वृद्धि

शेयर गर्नुहोस्

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखम्ुबुमा यस वर्ष धान उत्पादनमा सामान्य वृद्दि आएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा ३ दशमलव ४९ मेट्रिकटन बढि धान उत्पादनभएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

गतआर्थिक वर्ष २०७९÷ ८० मा जिल्लामा ३ हजार ५१ मेट्रिकटन धान उत्पादनभएको थियो । चालु आर्थिक वर्ष २०८०÷ ८१ मा बढेर ३ हजार, ५४ दशमलव ४९ मेट्रिक टन उत्पादनभएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा धानको उत्पादकत्व २ दशमलव ०० रहेको छ ।

अघिल्लो वर्ष १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो, भने यस वर्ष पनि सोहि क्षेत्रफलमा मात्र धान लगाइएको हो ।

जिल्लाको नेचासल्यान, थुलुङ दुधकोशी, महाकुलुङ, सोताङ र सोलु दुधकुण्ड नगरपालिकाको तल्लो क्षेत्रमा धान रोपाई हुन्छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु