नगर सफाईमा माओवादी केन्द्र

शेयर गर्नुहोस्

सोलुखुम्बु– माओवादी केन्द्र सोलुदुधकुण्ड नगरकमिटीे नगर सफाईमा जुटेको छ ।

‘माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानलाई सफल पार्नका लागि तीन महिने नगर सफाई अभियान सुरु गरिएको सफाई अभियानका इन्चार्ज प्रदेश कमिटी सदस्य साथै सोलुखुम्बु जिल्ला पार्टी सचिव नाम्गेल शेर्पाले बताउनुभयो ।

शनिबारबाट थालिएको अभियानको पहिलो दिन सल्लेरी स्थित साप्ताहिक हाट नयाँ बजार र शिव मन्दिर परिसर सरसफाई गरिएको छ ।

प्रदेश सचिवालय सदस्य हिमाल गिरीको उपस्थितिमा पार्टीका ४० भन्दा बढी युवाहरुको सहभागितामा सफाई गरिएको केन्द्रले जनाएको छ ।

हरितालिका तीजमा महिलाहरु शिव मन्दिर दर्शनमा जाने भएकाले शिव मन्दिर क्षेत्र सफाई गरिएको केन्द्रले जनाएको छ । यो अभियान निरन्तर अघिबढ्ने पनि जाईएको छ ।

यो सफाई अभियान तीन महिना सम्म संचालन गरिने छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु