टाक्सिन्दुका ८१ बालबालिकालाई हिमालयन तारा फाउन्डेसनद्वारा सहयोग

शेयर गर्नुहोस्

प्रदिप खालिङ,सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका बालबालिकाहरुलाई तारा फाउन्डेसन युएसएले आर्थिक र हिमालयन तारा फाउन्डेसनको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको छ ।

आर्थिकमा रुपमा कमजोर परिवारका बालबालिकाहरुलाई ३० केजिको दरले चामल, १ केजि नुन, बिजुली चिम, शैक्षिक सामग्री र प्रति ब्यक्ति रु.६ हजारको दरले ८१ जना बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको हो ।
उनीहरुलाई सोलुदुधकुन्ड नगरपालिका वडाध्यक्ष तथा हिमालयन तारा फाउन्डेसनका अध्यक्ष छोङ्बा शेर्पाले सो सहयोग रकम र सामाग्री बितरण गर्नु भएको हो ।

यस संस्थाले बिगत मालो समयदेखि यस क्षेत्रको चौतर्फी बिकासको क्षेत्रमा काम गर्दै आएको संस्थाका सचिब सुरेश खडकाले जानकारी दिनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु