नेचामा २ दिने किरात लिपि प्रशिक्षण सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ (राई) सामा, नेचासल्यान– ४ को आयोजनामा २ दिने किरात लिपि प्रशिक्षण सोमबारबाट शुरू भएको छ ।

थुलुङ समुदायको लोप हुँदै गएको भाषा संस्कृति तथा रितिरिवाजलाई संरक्षण तथा सम्बर्धन गर्न द्येयले स्थापना गरिएको थुलुङ (राई) सामाले किरात लिपिको उत्थानका लागि माघ १६ र १७ गते प्रशिक्षणको आयोजना गरेको हो । संस्थाको भवन नेचामा सुरु भएको कार्यक्रममा नेचासल्यान गाउँपालिका भित्र थुलुङ राईहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रशिक्षण थुलुङ (राई) सामा केन्द्रीय समिति सदस्य, मुन्दुम अध्येता तथा किरात लिपिका ज्ञाता जसिहब थुलुङ खार्ल्युम्च्योले गर्नुहुने आयोजकले बताएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा भएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु