खुम्बु पासाङल्हामु १ को वडा कार्यालय भवनको सिलान्यास

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा १ को वडा कार्यलय भवनको सिलान्यास गरिएको छ ।
खरिखोला बजार नजिकै निर्माण गर्न लागिएको भवनको शुक्रबार स्थानिय परम्परा अनुसार पुजा गरी कार्यबाहक वडाध्यक्ष त्रिजन राना मगरले सिलान्यास गर्नु भएको हो ।

भवन निर्माणका लागि एन एस कन्स्ट्रक्सनले ८० लाख ५३ हजार ३ सय ५० रूपैयामा निर्माणको जिम्मा लिएको हो ।

भवनको कुल लागतको ६० प्रतिशत रकम जिल्ला समन्वय समिति सोलुखुम्बुबाट बिनियोजन भएको छ भने बाँकि बजेट गाउँपालिकाले बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु