सल्लेरीमा जेठ २८ र २९ गते बायोमेट्रिक प्रणालीमा कर दर्ता शिविर हुने

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता शिविर सञ्चालन गरिने भएको छ । प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरुको यस प्रणालीमा दर्ता गर्न सहजताका लागि सल्लेरीमै दुई दिने शिविर गरिने भएको छ ।

उद्योग बाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा जेष्ठ २८ र २९ गते उद्योग बाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरुको बायो मेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका प्रतिनिधि सदस्य रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा रहेको कार्यालयबाट मात्र सेवा प्रवाह भइरेको छ । व्यावसीहरुको माग अनुसार वाणिज्य संघ सोलुले करदाता सेवा कार्यालय ओखलढुङ्गासँगको सहकार्यमा शिविर सञ्चालन गर्नेभएको हो ।

यो शिविरले ओखलढुङ्गा जानुपर्ने बाध्यता हट्ने र आर्थिक भार पनि सहज हुन उद्योग वाणिज्य संघ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो । दर्ता गर्नु आउँदा संचालक (प्रोपाइटर) आफैँ सक्कल प्यान कार्ड तथा नागरिकता लिएर आउनुपर्ने छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु