सोलु र ओखल्ढुङ्गाका ३ गीत पुरस्कृत

शेयर गर्नुहोस्

सोलुखुम्बु – गीतकार सङघ नेपालले आयोजना गरेको गीतगजल शिविरमा सोलुखुम्बु र ओखल्ढुङ्गाका तीन उत्कृष्ट गीत पुरस्कृत भएका छन् । शुक्रबार सोलुखुम्बुको सल्लेरीमा सम्पन्न कार्यक्रममा पुरस्कृत भएको हुन् ।

प्रदेश नं १ का ६ जिल्ला, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा र भोजपुरको सर्जकको ४६ वटा गीतगजल मध्य तीनवटा उत्कृष्ट भएका हुन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउका सर्जक चन्द्र प्रभात राईको ‘मेरी आमा गाउँवेशीमा’बोलको गीत प्रथम भएको छ । यस्तै, ओखलढुंगाका सर्जक लक्ष्मण बस्नेतको ‘सारंगीको धुनसँगै’द्धितीय र तृतिय सोलुखुम्बुकै थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका सर्जक देव समिपको ‘प्रितको खेलमा मैले हाँरे’ बनेको हो ।।विजेतालाई नगद १० हजार, ८ हजार र ५ हजारको साथमा प्रमाणपत्र र सम्पुर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । पूरस्कृत गीतको रेकर्डिङ गरिने र यसको जिम्मा गीतकार सङघ नेपालले लिएको छ ।

त्यस्तै, सो शिविरमा साक्षात्कार तथा गीतगजल लेखन र संरचनाको बारेमाअभिमूखिकरण पनि गरिएको छ । गीतकार संङघ नेपालद्धारा आयोजीत शिविरमा वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतारहेको थियो । गीतकार थापाले गीतगजल लेखन र संरचनाको बारेमाअभिमूखिकरण गरेका थिए । गीतकार सङघका कोषाध्यक्ष जे.बी.संयोगीले ‘नेपाली संस्कृतिमागीतको सम्बन्ध’विषयककार्यपत्र प्रस्तुत गरेकाथिए । प्रस्तुत कार्यपत्रमाथी टिप्पणीगर्दै डा.भक्त राईले कार्यपत्रको शिर्षक अत्यन्त सान्दर्भिक भएको तर शिर्षकले ठूलो क्षेत्र आगटेको हुँदाकार्यपत्रको शिर्षकलाई संक्षेपिकरण गर्न सकेको भएअझ सुन्दर हुने बताए । संस्कृतिविशाल क्षेत्र भएको हुँदा संस्कृतिको कुनै एउटा विधामागीतको सम्बन्धखोज्न सकेको भएअझउत्तमहुने हुने डा. राईको टिप्पणी थियो । गीतगजलशिविरमाप्रतियोगी सर्जकले आफ्ना सृजनावाचन गरेर सुनाएकाथिए ।
गीतकार सङघ नेपालकामहासचिव रमेश कोइरालाले प्रतिलिपीअधिकार र बौद्धिक सम्पत्तिबारेमा अन्तराष्ट्रिय सन्धी सम्मेलन र नेपालको कानुनतथा सष्ट्राको बौद्धिक रोयल्टी संकलन समाजको भूमिकाका विषयमाअभिमूखिकरण गराएका थिए । साथै उनले गीतकारहरुको रोयल्टी संकलन तथा वितरणका लागिनयाँ संस्था स्थापनागर्ने कुरा समेत उद्घोष गरे । गीतकार सङघ नेपालका अध्यक्ष शुभ मुकारुङले ग्रामिण भेगका सर्जकका सृजनाउजागर गर्ने द्येयले पहिलो पटक हिमाली जिल्ला सोलुखुम्बुमा गीतगजल शिविरको आयोजना गरिएको बताए । शिविरमा गीतकार सङघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सदस्यहरु तथागीतकार शितल कादम्बिनी, विजय कट्टेल ‘छहरा’, सुमि सिंहलगायतले आ–आफ्ना गीत वाचन गरेकाथिए ।शिविरको औपचारिक कार्यक्रममा निमित्त प्रमुख जिल्लाअधिकारी शसि भट्टराई ‘विभूति’, प्रहरी नायवउपरिक्षक कवित कटवाल, सोलुदुधकुण्ड नगरपालिकाका प्मुख प्रशासकियअधिकृत पुरुषोत्तमअधिकारी लगायत गीत गजलमा झुकाबराख्ने १०० जना भन्दा बढिको उपस्थिति रहेको गीतकार संघ नेपाल सोलुका निवर्तमान अध्यक्ष सुवास संगम राईले बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु