प्रहरी चौकी बुङलाई निःशुल्क जग्गा प्राप्त

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा रहेको प्रहरी चौकी बुङलाई निःशुल्क जग्गा प्राप्त भएको छ । प्रहरी चौकीलाई हिमचुली युवा एकता क्लब बुङले २ हजार ७ सय २० वर्गमिटर जग्गा प्रदान गरेको हो ।

क्लवको नाममा रहेको उक्त जग्गा चौकीलाई प्रदान गरेको स्थानिय झलक राईले बताउनुभयो । क्लवका अध्यक्ष निरकुमार राई र पुर्वसल्लाहकार पञ्चमान राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्यबहादुर राईले संयुक्त चौकीका इन्चार्ज असई कुल बहादुर खत्रीलाई धनीपुर्जा हस्तान्तरण गर्नुभएको हो । हिमचुली युवा क्लवलाई उक्त जग्गा स्थानीय ६ जना जग्गाधनीहरुले प्रदान गरेका हुन् ।

जग्गादाताहरुमा कान्छामान राई १ हजार १८ वर्गमिटर, विष्णु कुमारी राईले ५९५ वर्गमिटर, भलाकाजी राईले ५०९ वर्ग मिटर, आसमान राईले २५० वर्गमिटर, पर्शुराम कुलुङले २१६ वर्गमिटर र श्याम कुलुङ राईले १३२ वर्गमिट गरि जम्मा २ हजार ७२० वर्गमिटर जग्गा क्लवलाई प्रदान गरेका थिए । सो जग्गा क्लवले प्रहरी चौकीको नाममा रजिष्टेशन पास गरि कागजपत्र हस्तान्तर गरेको हो । उक्त जग्गामा बुङ प्रहरी चौकीले आफ्नो प्रशासनिक भवन निर्माण गर्ने जनाइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु