जलेश्वर नगरपालिकाद्वारा करिब पौने अर्बको बजेट सार्वजनिक

शेयर गर्नुहोस्

महोत्तरी-  जिल्लाको जलेश्वर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७१ करोड ५३ लाख बढीको बजेट सार्वजानिक गरेको छ । बिहिवार, बसेको  नगरपालिकाको ११ औं नगरसभामा मेयर सुरेश साह सोनारले ७१ करोड ५३ लाख ८० हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको हो ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान ६४ करोड ३७ लाख ५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान २ करोड १६ लाख ७५ हजार र नगरपालिकाको आन्तरिक श्रोत एवं बंक मौजदातबाट ५ करोड गरी ७१ करोड ५३ लाख ८० हजार रुपैयाको अनुमानित आय प्रस्तुत गरेको मेयर सोनारले बताए ।

मेयर सोनार्ले नगरसभामा अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो  । दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक नगर विकास योजना, भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा निरन्तरता दिईने नीति लिएको छ । ‘पवित्र सुन्दर हरित समृद्ध, जलेश्वर’ भन्ने नारालाई सार्थक तुल्याई नगरपालिकालाई पूर्ण सरसफाईलाई निरन्तरता दिई सरसफाईमा नमुना शहरको रूपमा स्थापित गरिने लक्ष्य रहेको मेयर सोनारले बताउनु भयो ।

नगरपालिकामा एकसय दिने स्वच्छता अभियान संचालन गरी नगरपालिकालाई फोहोर मुक्त बनाइने र प्लाष्टिकजन्य झोलाको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाईने योजना रहेको छ । जलेश्वर नगर क्षेत्र भित्र वसोवास गर्ने सम्पूर्ण नागरिकहरुको लागि स्वच्छ खानेपानीको प्रबन्ध गर्न नगरपालिका र नेपाल खानेपानी संस्थानसंग समन्वय गरी ’एक घर एक धारा’ कार्यक्रम संचालन गरिने नीति लिएको छ ।

‘एक विद्यालय एक खेल मैदान’ को अवधारणा अनुसार खेल पूर्वाधार विकास गरिनुका साथै ‘एक विद्यालय एक विज्ञान ल्याब’ व्यवस्थापनका लागि विद्यालयहरुलाई सहयोग गरिने योजना रहेको उल्लेख छ ।

नगरपालिका क्षेत्रमा जनस्वास्थ्यसंग सम्बन्धित क्रियाकलापहरु संचालन गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्था तथा नीजि क्षेत्रहरुसंग समन्वय गरी एकिकृत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चित गरिने मेयर सोनारले प्रतिबद्धता जनाए । प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नती र सेवा संचालनमा सहजता ल्याउन सरोकारवाला निकायहरुसंग समन्वय गरी आधुनिक उपकरणसहित विषेशज्ञ चिकित्सकसहित सेवा प्रवाहको व्यवस्था मिलाउँदै सबै स्वास्थ्य चौकीहरुको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग पु¥याई विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराईने उनको भनाई छ ।

एक नगर एक उत्पादनको लागि जलेश्वरको पहिचानको रुपमा रहेको आँप खेती र माछापालनलाई प्रोत्साहन गरिने योजना रहेको उनले सुनाए । जलेश्वरमा एक कृषि उपज बजार, फलफुल मण्डी, शित भण्डार तथा बिषादी परिक्षण प्रयोगशाला स्थापना गर्न संघीय सरकार तथा प्रदेश सरकारसंग सहकार्य गरिने उल्लेख गरे ।

नगरपालिकाको व्यापार प्रवद्र्धनका लागि भिठ्ठामोड भंसार नाकामा सुख्खा बन्दरगाहका लागि संघिय सरकारसँग समन्वय र सहकार्य गरिने मेयर सोनारले प्रतिबद्धता जनाउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु