शैक्षिक उन्नयनका लागि अध्यक्ष राईद्वारा माझी समुदायका विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री प्रदान

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिका भित्रका माझी समुदायका विद्यार्थीहरुलाई जनही दस हजार रुपैयाँ सहित  शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ।

गाउँपालिकाको वडा नं-६ बर्खुघाटस्थित मुक्ली आधारभूत विद्यालयमा आयोजित एक  कार्यक्रमकाबीच अध्यक्ष राईले ३३ जना माझि छात्रछात्राहरूलाई नगद र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो।

बिद्यालयमा  नियमित रूपमा प्रभावकारी शिक्षण सिकाई कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराउन गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सो सहयोग उपलब्ध गराइएको  गाउँपालिकाले जनाएको छ ।

शिक्षा लिनुपाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको र यो  आधारभूत अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने कुरामा गाउँपालिका सचेत रहेको पनि अध्यक्ष राईले बताउनु भयो।

माझी समुदायका कोहि पनि बालबालिका विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यका साथ गाउँपालिकाले नगद र शैक्षिक सामाग्री सहयोग गरेको वहाँको भनाई थियो। यस्तै, उहाँले नियमित विद्यालय जान पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सहयोग प्राक्त भएपछी बिद्यार्थी तथा अविभावक खुसी ब्यक्त गरेकाछन ।


शेयर गर्नुहोस्

अन्य खबरहरु