काठ्माडौंका विद्यार्थीलाई उछिन्दै सोलु देउसाकी राई द्धितिय

शेयर गर्नुहोस्

काठ्माडौं– काठ्माडौं महानगरको २८ औं दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा सोलु देउसाकी सत्यकला राई द्धितिय भएकी छिन् ।

काठ्माडौं महानगरपालिकाको शिक्षा विभागद्धारा आयोजना गरिएको प्रतियोगितामा जुद्धोदय माद्यामिक विद्यालयबाट प्रतिस्पर्धामा सहभागी भएकी राईको निबन्धले द्धितिय स्थान हासिल गरेको हो ।


बालाजु गीतामाता स्रोतकेन्द्र अन्तर्गतका सामुदायित तथा संस्थागत माद्यामिक विद्यालयहरुवीच ‘साँस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने शिर्षकमा निबन्ध लेखन गराईएको थियो । प्रतियोगिता नेपाल युवक माद्यामिक विद्यालय पकनाजोलमा भएको थियो । राई कक्षा १० मा अध्ययनरत छिन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु