नेलेका २२ शारिरीक अपाङगता भएका व्यक्ति सम्मानित

शेयर गर्नुहोस्


सोलुखुम्बु– जिल्लाको थुलुङदुधकोशी गाउँपालिका १ नेलेमा फरक क्षेमता भएका २२ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नेलेको शनिबार ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेले युथ क्लबले वडाका २२ जना शारिरीक अपाङगता भएका व्यक्तिलाई सम्मान पत्रसहित मायाको चिनो साथै खदा लगाईदिएर दिवस मनाएको क्लवका अध्यक्ष साजन गुरुङले बताउनुभयो ।
‘समावेशी विकासको लागि रुपान्तरित समाधान पहुँचमुक्त र समतामुलक विश्वका लागि उर्जवान सिर्जनशिलको प्रावधान’ भन्ने मुलनाराका साथ आयोजना गरिएको कार्यक्रममा आफुहरु सम्मानित हुँदा निकै खुसिभएको बताए । उनिहरुलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले खदा र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, नेपाल रेडक्रस सोसाईटी उपशाखा नेलेका सभापति लालबहादुर गुरुङ, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । यो क्लवले नेले क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु