नेले बजारमा लागेको आगो करिब ४ घन्टापछि नियन्त्रणमा

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ स्थित नेले बजारमा लागेको आगो करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ ।

मंगलबार अन्दाजी अपराहन्न ४ बजेबाट सुरु भएको आगलागी सोलुदधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीय लगायतको पहलमा करिब ८ बजे नियन्त्रणमा आएको स्थानिय साजन गुरुङले जानकारी दिनुभयो ।

स्थानीय बुद्धि बहादुर कार्कीको घरमा विद्युत सर्ट भई आगालागी भएको बुझिएको छ । स्थानिय गुरुङका अनुसार आगोलागिबाट ढुङ्गामाटोबाट बनेको बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर पूर्नरुपमा जलेर नष्ट भएको छ भने पक्की घर भएको कारण प्रणय राईको घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बजार क्षेत्र भएको कारण आगोलागी भएको घरमा होटल, पसल रहेका थिए । आगोलागिबाट करोडौंको क्षेतिभएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सो बजारक्षेत्रमा ८ वर्ष अघिपनि आगोलागि भई एकजनको ज्यान गएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु