आईटी स्रोत शिक्षकको क्षमता विकासमा थुलुङ दुधकोशीको पहल, सूचना प्रविधि तालिम सम्पन्न

शेयर गर्नुहोस्

सोलुखुम्बु – Thulung Dudhkoshi Rural Municipality अन्तर्गतका आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधि क्षमता विकास तालिम सम्पन्न भएको छ।

Thulung Dudhkoshi Rural Municipality Education, Youth and Sports Section को आयोजनामा सञ्चालित उक्त तालिम बुधबार सम्पन्न भएको गाउँपालिका प्रवक्ता Bhojraj Karki ले जानकारी दिनुभयो।

पालिकाभित्रका विभिन्न विद्यालयका ३८ जना आईटी स्रोत शिक्षक सहभागी रहेको तालिमको मुख्य उद्देश्य विद्यालय शिक्षण प्रणालीमा सूचना प्रविधिको प्रभावकारी प्रयोग बढाउनु, डिजिटल माध्यमबाट सिकाइ प्रक्रियालाई आधुनिक बनाउनु तथा शिक्षकहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्नु रहेको जनाइएको छ।

समापन कार्यक्रम गाउँपालिकाकी कार्यवाहक अध्यक्ष Sabita Rai को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रवक्ता भोजराज कार्कीले शैक्षिक गुणस्तर सुधार कुनै एक पक्षको प्रयासले सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवालाबीचको सहकार्य, निरन्तर लगनशीलता र साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

त्यस्तै शिक्षा शाखा प्रमुख Kumar Khadka ले पालिकाको शैक्षिक अवस्था सुधारलाई प्राथमिकतामा राख्दै शिक्षा शाखा सार्वजनिक बिदाका दिन समेत निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।

कार्यवाहक अध्यक्ष सविता राईले विद्यालयको शैक्षिक गुणस्तर मापनका सूचकहरू पूरा गर्न शिक्षक, विद्यालय प्रशासन तथा सरोकारवाला सबै पक्षबीच एकता आवश्यक रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर विद्यालय शिक्षणलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

तालिमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक Parshuram Rajbanshi, सूचना प्रविधि अधिकृत Roshan Rai तथा शिक्षा शाखाका Navindra Rai ले गर्नुभएको थियो।

स्थानीय तहले विद्यालय शिक्षामा डिजिटल प्रविधिको पहुँच विस्तार गर्न थालेसँगै यस्ता तालिमले शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु