कोशी प्रदेश भलिबल टोलीका कप्तान विष्णु बस्नेत सम्मानित

शेयर गर्नुहोस्

सोलुखुम्बु । विश्व भलिबल दिवसको अवसरमा सोलुदुधकुण्ड युथ क्लबद्वारा आयोजित मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेश भलिबल टोलीका कप्तान विष्णु बस्नेतलाई सम्मान गरिएको छ।

भलिबल खेलमार्फत सोलुखुम्बुको पहिचान स्थापित गर्न तथा प्रदेशस्तरमा उत्कृष्ट नेतृत्व र योगदान पुर्‍याएको कदरस्वरूप बस्नेतलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङ तथा लोकप्रिय मिडियाका सञ्चालक एवं प्रतियोगिताका प्रायोजक मिलन केसीले संयुक्त रूपमा बस्नेतलाई सम्मान गर्नुभएको थियो।

सम्मानित भएका बस्नेत सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्। बस्नेतले अन्डर २३ उमेर समूहमा नेपाल राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेल समेत खेलिसकेका छन् । आयोजकका अनुसार जिल्लाबाट राष्ट्रिय तथा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सम्मानले नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।

विश्व भलिबल दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तर्गत मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगितासँगै खेलाडी सम्मान कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।


शेयर गर्नुहोस्

अन्य खबरहरु