सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिकाले नगर भित्रका ११ जनालाई शैलुन तथा पार्लर सम्बन्धि तालिम प्रदान गरिएको छ । जेठ ५ गतेबाट सुरु भएको तालिममा नगरको प्रत्यक वडाबाट एक जनालाई छनौट गरि ११ जना युवा÷युवतीलाई तालिम प्रदान गरिएको हो ।

युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले पर्फेक्ट म्यानपावर ट्रेनिङ सेन्टरको सरामर्समा शैलुन तथा पार्लर सम्बन्धि सिप दिइएको नगरकार्यपालिका सदस्य निरकुमार नेपालीले बताउनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उप प्रमुख गान्धिमाया तामाङले तालिममा सिकेका सिपलाई व्यवहारमा लागु गर्न र व्यवसायिक बन्न आग्रह गर्नभयो । साथै उहाँले नगरपालिकाले युवा लक्षित सिपमुलक तालिमहरु संचालन गरिरहेको र नगरलाई सिपयुक्त बनाउने लक्ष रहेको बताउनुभयो ।

यस्तै, नगरप्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले तालिममा सिकेका सिपलाई आर्थिक उपार्जनसँग जोड्न आग्रह गर्नुभयो । सहभागिहरुलाई अशोक कुमार ठाकुरले प्रशिक्षण गर्नुभएको थियो ।
तालिममा सहभागिहरुलाई एक थान कर्ची सहित विभिन्न शेलुन तथा पार्लर सम्बन्धि सामग्री समेत प्रदान गरेको थियो । नगरमै तालिम लिन पाउदा खुसी लागेको सहभागीहरुले बताएका छन् ।