माओबादी केन्द्र नेचासल्यानले माग्यो गाउँपालिका संग खर्चको विवरण

शेयर गर्नुहोस्

सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी माओबादी नेचासल्यान गाउँपालिका कमिटीले नेचासल्यान गाउँपालिकासंग आज आर्थिक वर्ष २०८१÷ ०८२मा गाउँपालिकाबाट बिभिन्न शिर्षकमा भएका खर्चहरुको विवरण माग गरेको छ ।

मागपत्रमा नेचासल्यान गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुले भ्रमण भत्ता बापत बुझेको रकम, बैठक भत्ता, अनुगमन निरीक्षण भत्ता कर्मचारी तथा जनप्रतिनिधिहरुको क्वार्टर तथा कोठा भाडा बापतको रकम, तथा अन्य सेवा सुबिधा बापतको खर्च बिबरण १ दिन भित्र उपलब्ध गराउन भएकोे छ ।

यसका साथै पालिकाको जेसिबि, ट्याक्टर कृषि एम्बुलेन्स, र बिरामी बोक्ने एम्बुलेन्समा भएको इन्धन खर्च बिबरण साथै जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने सवारी साधन र सो सवारी साधनमा भएको इन्धन खर्चको समेत माग गरिएको छ ।

यस्तै आर्थीक वर्षमा गाउँपालिका को भवन उद्घाटन, गौरीटापमा भएको कार्यक्रम, गाउँपालिकाबाट भएका सार्बजनिक कार्यक्रमको खर्चको समेत लिष्ट उपलब्ध गराउन माग गरिएको नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र नेचासल्यान गाउँपालिका कमिटीका अध्यक्ष बियस राईले बताउनुभयो । अध्यक्ष राईले गाउँपाकिामा भए गरेका विकास निर्माण तथा आर्थिक विवरणहरु नागरिकलाई प्रस्ट हुनेगरि सार्वजनिक गरिनुपर्ने बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु