सोलुखुम्बुमा विश्व भलिबल दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

शेयर गर्नुहोस्

सोलुखुम्बु — विश्व भलिबल दिवसको अवसरमा सोलुखुम्बुमा एक विशेष मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

Volleyball the national game of Nepal भन्ने नाराका साथ आयोजना हुने यस प्रतियोगिता सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको प्रांगणमा हुनेछ। प्रतियोगिता यहि असार २३ गते आयोजना गरिने जनाइएको छ।

यस प्रतियोगिता सोलुखुम्बु जिल्लाका विभिन्न संघ–संस्थाहरू माझ आपसी भाइचारा, सहकार्य र खेलप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिन लागेको छ । प्रतियोगितामा नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका कर्मचारी मिलन केन्द्र, सोलुखुम्बु नेपाल शिक्षक महासंघ, सोलुखुम्बु उद्योग वाणिज्य संघ ,सोलुखुम्बु भलिबल रेफ्री संघ टिमहरूः सहभागी हुने छन् ।

उक्त मैत्रीपूर्ण प्रतियोगिता जिल्ला भलिबल संघ, सोलुखुम्बु को आयोजनामा हुने छ। खेलले जिल्लामा भलिबलको लोकप्रियता बढाउने, खेलाडीहरूबीच आत्मीयता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएका छन्। स्थानीय युवाहरू, खेलप्रेमी, संघ–संस्थाहरूको उपस्थिति र सहभागिताले प्रतियोगिता भव्य र सफल हुने अपेक्षा गरिएको छ। ‘

यसरी आयोजना गरिने भलिबल प्रतियोगिता खेलकुदको माध्यमबाट मित्रता र एकता विस्तार गर्नेछ, र जिल्लामा भलिबलको प्रचारप्रसार र विकासमा समेत योगदान पु¥याउनेछ। आयोजकले सबैमा खेल हेर्न र सहभागी हुन आह्वान समेत गरेका छन्।


शेयर गर्नुहोस्

अन्य खबरहरु