रक्षा मन्त्री राईद्धारा सोलुका लागि एक अर्ब बढी बजेट विनियोजन

शेयर गर्नुहोस्

सोलुखुम्बु । रक्षा मन्त्री मानवीर राईले सोलुखुम्बु जिल्लाको विकासका लागि एक अर्ब बढी बजेट विनियोजन गर्नुभएको छ । जिल्लाको विभिन्न विकासे योजनाहरू सम्पन्न गर्नका लागि एक अर्ब आठ करोड ८६ लाख पाँच हजार रुपैयाँ बजेट विनियोजन भएको रक्षा मन्त्रीको सचिवालयले सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरूको लागि ६४ करोड ७७ लाख पाँच हजार बजेट विनियोजन भएको सचिवालयले जनाएको छ । यस्तै सहरी विकास अन्तर्गत २० करोड ११ लाख रहेको छ ।

स्वर्ण सगरमाथा बृहत् चक्रपथ ओखलढुङ्गा सोलु सल्लेरी खोटाङ दिक्तेल ओखलढुङ्गा को लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै सल्लेरीबाट सिलगुडी डाँडा काकु वासा ओर्लाङघाट जुभिङ खरिखोला हुँदै लुक्ला जोड्ने खुम्बु सडकको लागि ६ करोड रहेको छ । फाप्लु रिङमु टाक्सीन्दु नुनथला हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक सगरमाथा मार्ग कालोपत्रे सहितको लागि सात करोड ८७ लाख पाँच हजार छुटेको छ ।

हाल सञ्चालनमा रहेको योजनाहरू नेलेदेखि सोताङ हुँदै महाकुलुङसम्मको सडक कालोपत्रेका लागि पाँच करोड र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला हुँदै नेचा सल्यान बिहीबारे तुइनटार सडक कालोपत्रे योजना अन्तर्गत थप रकम पाँच करोड विनियोजन गरिएको रक्षा मन्त्रालयको सचिवालयले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु