काँगेल भलिबलको उपाधी कैलाश्वरी युवा समूहलाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– काँगेलमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी कैलाश्वरी युवा समूह केरुङले उचालेको छ ।

सामाजिक मेलमिलाप समूह थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलले आयोजना गरेको साविक वडा स्थरिय खुल्ला पूरुष भलिबलको उपाधी केरुङले उचालेको छ । काँगेल वडा नम्बर ३ लाई सोझो सेटमा पछि पार्दै जीत हासिल गरेको हो ।

विजेता टिमले २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा द्धितिय काँगेल ३, तृतिय सोताङ ५ भएका छन् ।

द्धितिय र तृतिय हुने टिमले शिल्ड मेडल र प्रमाण पत्रको साथमा क्रमश नगद १५ हजार र १० हजार प्राप्त गरेका छन
् ।

बैशाख २४ गतेबाट संचालन भएको खेलमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाको गरि जम्मा १९ टिमको सहभागिता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु