सोलुखुम्बु– काँगेलमा वडा स्तरिय भलिबल प्रतियोगिता सूरु भएको छ । प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका छन् ।
सामाजिक मेलमिलाप युवा समूह थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलले आयोजना गरेको भलिबल प्रतियोगिता आजबाट सूरु भएको हो । साविकको वडा स्तरिय भलिबल प्रतियोगितामा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा लगाएतका जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको सचिव संजिब बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले शिल्ड, मेडल, प्रमाण पत्रको साथमा नगद २० हजार, १५ हजार र १० हजार नगद प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा, महिला पूरुष म्यूजिकल चियर, घईटो फुटाई र डोरी तान खेल समेत रहेको छ ।









