सोलुखुम्बुको स्थानीय तह मध्ये कम बेरुजु आउने गाउँपालिकामा थुलुङ दुधकोशी पहिलो

शेयर गर्नुहोस्

सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा कम र सबैभन्दा बढी महाकुलुङमा बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को ६२औं वार्षिक प्रतिवेदन अनुसार बेरुजु कम आउनेमा नगरपालिकामा पहिलो छ भने दोस्रोमा थुलुङ दुधकोशी रहेको छ ।

महालेखाको प्रतिवदेनअनुसार कुल बजेट १ अर्ब ५८ करोड २२ लाख ४५ हजारको लेखा परीक्षण गर्दा नगरपालिकाको कुल बेरुजु ०।०१ प्रतिशत मात्र देखिएको छ । यस्तै दोस्रो कम बेरुजु हुने स्थानीय तह थुलुङ दुधकोशी गाउँपालिका रहेको छ । गाउँपालिका मध्ये पहिलो भएको थुलुङ्गको १ अर्ब २३ करोड ३६ लाख ४९ हजारको लेखा परीक्षण गर्दा १।२३ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जनशक्ति अभाव तथा अन्य गाउँपालिकाको भन्दा बढी रकम कार्यनयन गर्दा पनि थुलुङको बेरुजु कम हुँदै जानु सुखद रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यसलाई शुन्यमा झार्ने लक्ष्य सहित काम भैरहेको उहाँको भनाई छ ।

जिल्लामामा सबैभन्दा बढी बेरुजु महाकुलुङ गाउँपालिकाको ४।६९ प्रतिशत देखिएको छ । कुल
८४ करोड ७३ लाख ९ हजारको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । यस्तै लिखुपिके गाउँपालिकाको ५१ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ३।६४ प्रतिशत, सोताङ गाउँपालिकाको ८२ करोड ५१ लाख ५९ हजारको लेखापरीक्षण गर्दा २।९८ प्रतिशत, नेचा सल्यानको १ अर्ब २ करोड ४५ लाख ८५ हजारको लेखापरीक्षण गर्दा २।३५ प्रतिशत बेरुजु देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको ८५ करोड ९९ लाख ८१ हजारको लेखापरीक्षण गर्दा २।०४ प्रतिशत र खुम्बुपासङ ल्हामु गाउँपालिकाको १ अर्ब १२ करोड ४५ लाख ६ हजारको लेखापरीक्षण गर्दा १।३४ प्रतिशत बेरुजु देखिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु