गृहमन्त्री रमेश लेखक सोलुखुम्बु आउनुहुँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल सरकारका गृह मन्त्री रमेश लेखक सोलुखुम्बु आउनु हुनुभएको छ ।

नेपाली काँग्रेस सोलुखुम्बु प्रदेश सभा ‘क’ ले आयोजना गर्न लागेको प्रथम ऐतिहासिक क्षेत्रिय सम्मेलनमा आउनेहुनुभएको प्रदेश सभा ‘क’ का सभापति धनजन राईले बताउनुभयो ।

प्रदेश कार्यसमितिले आउदो जेष्ठ २ गते थुलुङ गाउँपालिका ६ मुक्लीमा गर्न लागेको सम्मेलनमा नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको सदस्य समेत रहेका मन्त्री लेखक आउनुहुने भएको हो ।

पार्टीलाई सक्रिय र चलायमान बनाउने उदेश्यले गर्न लागिएको सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कार्य सम्पादन समितिको सदस्य एवं पूर्व मन्त्री बल बहादुर केसी, केन्द्रिय सदस्य तथा पर्यटक विभाग प्रमुख आङ्गेलु शेर्पालगाएतका पार्टीको विभिन्न नेताहरुको उपस्थिति रहने जनाईएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु